spot_img

ड्रोन आक्रमणपछि इराक र साउदी विदेशमन्त्रीबीच फोन वार्ता

spot_img
spot_img

काठमाडौं,२७ भदाै । इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच शनिबार बिहान फोन वार्ता भएको छ ।

इराकी भूभागबाट साउदी अरबको ईस्ट–वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि दुई विदेशमन्त्रीबीच आकस्मिक वार्ता भएको हो । वार्ताका क्रममा पछिल्लो क्षेत्रीय घटनाक्रम तथा दुवै देशको साझा चासोका विषयमा विस्तृत छलफल भएको इराकी विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुवै पक्षले इराक र साउदी अरबबीच निरन्तर सम्पर्क तथा समन्वय कायम राख्नुपर्नेमा जोड दिएको उल्लेख छ ।

आक्रमण इराकी भूभागबाट भएको भए पनि साउदी अरबले इराकप्रति समर्थन व्यक्त गर्दै तत्काल कुनै जवाफी कारबाही नगर्ने स्पष्ट पारेको छ । यता, इराक सरकारले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय