काठमाडौं,२७ भदाै । चीनका राष्ट्रपति सी जिनपिङ ब्रिक्स शिखर सम्मेलन–२०२६ मा सहभागी हुन शनिबार भारतको नयाँ दिल्ली पुगेका छन् ।
राष्ट्रपति सीको विमान शनिबार दिउँसो नयाँ दिल्लीस्थित पालम एयरबेसमा अवतरण गरेको बीबीसी हिन्दीले जनाएको छ । भारत भ्रमणका क्रममा राष्ट्रपति सीले भारतीय नेतृत्वसँग द्विपक्षीय सम्बन्ध तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।
राष्ट्रपति सी यसअघि सन् २०१९ मा भारत आएका थिए । त्यसबेला उनले चेन्नईको मामल्लापुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक शिखर वार्ता गरेका थिए।





