spot_img

वन संरक्षणका लागि वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

spot_img
spot_img

बीरगन्ज,२७ भदाै । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि सरकारी निकाय र वन उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्।

सवैया साझेदारी वन उपभोक्ता समूहले शुक्रबार आयोजना गरेको ‘फेरि भेटौँला’ कार्यक्रममा बोल्दै अहमदले वन संरक्षण सरकारी प्रयासबाट मात्रै सम्भव नहुने बताए। स्थानीय उपभोक्ता तथा साझेदारी वन समूहको सक्रिय सहभागिताले संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो।

अहमदले वन कार्यालयको प्रमुख जिम्मेवारी वन संरक्षण, व्यवस्थापन, वन उत्पादन तथा विकास रहेको उल्लेख गर्दै वन क्षेत्रको संरक्षणसँगै वातावरणीय सन्तुलन कायम गर्न वृक्षरोपण र दिगो वन व्यवस्थापनका गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

“वन संरक्षण सबैको साझा जिम्मेवारी हो। वन कार्यालय र उपभोक्ता समूहबीचको सहकार्यबाट मात्रै संरक्षणलाई प्रभावकारी बनाउन सकिन्छ,” उनले भने।

कार्यक्रममा वन संरक्षण, वातावरणीय सन्तुलन, दिगो वन व्यवस्थापन तथा वन कार्यालय र उपभोक्ता समूहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

सवैया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष लखनलाल साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा वन अधिकृत नवनीत मिश्रा, समूहका उपाध्यक्ष असलम आलमलगायतको सहभागिता थियो। कार्यक्रमको सञ्चालन समूहका सदस्य–सचिव सोनम आचार्यले गरेका थिए।

कार्यक्रममा समूहका सदस्यहरू तथा सब–डिभिजन वन कार्यालय सवैयाका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।

अहमद पर्सामा करिब दुई वर्ष डिभिजन वन कार्यालय प्रमुखका रूपमा कार्यरत थिए। उनको रौतहट जिल्ला वन कार्यालयमा सरुवा भएपछि सवैया साझेदारी वन उपभोक्ता समूहले उनको सम्मान तथा आगामी दिनमा समेत वन संरक्षणका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय