spot_img

झापामा जापानिज इन्सेफ्लाइटिसबाट थप एक बालकको मृत्यु, मृतकको संख्या ७ पुग्यो

spot_img
spot_img

झापा,२७ भदाै । जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट झापामा थप एक बालकको मृत्यु भएको छ। भद्रपुर नगरपालिका–८ का ८ वर्षीय अविनाश टुडुको उपचारका क्रममा मृत्यु भएको भद्रपुर नगर स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि अविनाशलाई भदौ ८ गते प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो। अस्पतालमा गरिएको परीक्षणबाट जापानिज इन्सेफ्लाइटिस पुष्टि भएपछि थप उपचारका लागि भदौ १० गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।

प्रतिष्ठानमा करिब दुई साता उपचार गराउँदा पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि परिवारले उनलाई घर ल्याएको थियो। घरमै उपचार तथा हेरचाह भइरहेको अवस्थामा शुक्रबार उनको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ।

अविनाशको मृत्युसँगै झापामा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार यसअघि मेचीनगरमा दुई तथा बिर्तामोड, बाह्रदशी, अर्जुनधारा र हल्दीबारीमा एक–एक जनाको जेई संक्रमणबाट मृत्यु भइसकेको छ।

जिल्लामा पछिल्लो समय जेई संक्रमण र त्यसबाट हुने मृत्यु बढ्दै गएपछि स्वास्थ्य कार्यालयले संक्रमण नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ। स्वास्थ्य कार्यालयका प्रमुख ब्रिजकुमार दासका अनुसार आगामी असोज ५ गतेदेखि जिल्लामा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।

अभियानअन्तर्गत जिल्लाका ३० वर्षमाथिका करिब ४ लाख ९३ हजार ३१९ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ। अभियानलाई प्रभावकारी बनाउन आवश्यक तयारी अघि बढाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय