spot_img

बाढीपीडितका लागि वीरगन्जबाट १५ लाखको राहत सामग्री रसुवा पठाइयो

spot_img
spot_img

वीरगन्ज,२७ भदौ । बाढीपीडितलाई राहत पुर्‍याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महाधिवेशन प्रतिनिधि तथा युवा नेता सुधिर पटेलको नेतृत्वमा करिब १५ लाख रुपैयाँ मूल्य बराबरको राहत सामग्री रसुवातर्फ पठाइएको छ ।

‘वीरगन्ज सहयोगी हात’को समन्वयमा रकम तथा खाद्यान्न संकलन गरी जुटाइएको राहत सामग्री एक पिकअपमा राखेर पटेलसहितको टोली शनिबार वीरगन्जबाट रसुवातर्फ प्रस्थान गरेको हो ।

बाढीबाट प्रभावित नागरिकलाई राहत सामग्री प्रत्यक्ष रूपमा उपलब्ध गराउने उद्देश्यले आफू स्वयं सामग्री लिएर रसुवा जान लागेको पटेलले बताए । संकलित सामग्री वास्तविक पीडितसम्म पुर्‍याउन टोली परिचालन गरिएको उनको भनाइ छ ।

पटेलका अनुसार रसुवा पुगेपछि होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई राहत सामग्री वितरण गरिनेछ । सम्भव भएसम्म प्रभावित स्थानीयको घरघरमै पुगेर समेत आवश्यक सामग्री उपलब्ध गराउने योजना रहेको उनले बताए ।

‘राहत सामग्री संकलन गरेर मात्रै हुँदैन, त्यो वास्तविक पीडितसम्म पुग्नुपर्छ,’ पटेलले भने, ‘त्यसैले हामी आफैँ राहत सामग्री लिएर रसुवा जाँदैछौँ । जहाँ बढी आवश्यकता छ, त्यहीँ प्राथमिकताका आधारमा सामग्री वितरण गर्ने हाम्रो योजना छ ।’

बाढी प्रभावित नागरिकलाई तत्काल आवश्यक खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको पटेलले बताए । वीरगन्जबाट सुरु भएको सहयोग अभियानलाई रसुवाका प्रभावित नागरिकसम्म पुर्‍याउने उनको भनाइ छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय