spot_img

यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

spot_img
spot_img

काठमाडौं,२७ भदाै । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पराजित गर्दै एसीसी पुरुष प्रिमियर कप २०२६ को उपाधि जितेको छ। मलेसियाको कुआलालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनलमा यूएईलाई हराउँदै नेपालले उपाधि आफ्नो नाममा गरेको हो।

उपाधिसँगै नेपालले आगामी एसिया कपमा समेत स्थान सुरक्षित गरेको छ। यससँगै नेपाली टोलीले लगातार दोस्रोपटक एसियाका शीर्ष क्रिकेट राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो। नेपालको विशाल योगफलमा ओपनर आसिफ शेखको शतकीय पारी महत्वपूर्ण रह्यो। आसिफले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए।

आसिफले पहिलो विकेटका लागि अर्जुन कुमालसँग ९७ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए। अर्जुनले ४३ रन बनाए। त्यसपछि कप्तान रोहित पौडेलले ४० रन जोड्दा तल्लो क्रममा गुल्शन झाले आक्रामक ब्याटिङ गरे। गुल्शनले केवल ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए।

३१४ रनको लक्ष्य पछ्याएको यूएईले सुरुवातदेखि नै नेपाली बलरको दबाब सामना गर्नुपरेको थियो। यूएईका राहुल चोपडाले शतक बनाए पनि उनको उत्कृष्ट पारी टोलीलाई जित दिलाउन पर्याप्त भएन। सोहेब खानले ५२ रन बनाएर जितको प्रयास गरे पनि नेपाली बलिङ र फिल्डिङसामु यूएई लक्ष्यसम्म पुग्न सकेन।

नेपालका लागि करण केसीले ३ तथा ललित राजवंशीले २ विकेट लिए। नेपाली बलरहरूको अनुशासित प्रदर्शन र उत्कृष्ट फिल्डिङले यूएईको रन पछ्याउने अभियानलाई रोक्दै नेपाललाई ऐतिहासिक उपाधि दिलायो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय