spot_img

धनुषाका ३८५ परिवारले पाए जग्गाधनी पुर्जा

spot_img
spot_img

धनुषा,२७ भदाै । धनुषाको सवैला नगरपालिका–८, साविक ठिला गाउँ विकास समितिका ३८५ परिवारले लामो समयको प्रतीक्षापछि जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

वर्षौंदेखि स्ववासीका रूपमा जग्गा भोगचलन गर्दै आएका स्थानीय अब औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गर्ने भएका छन्। नापजाँचको काम सम्पन्न भए पनि आवश्यक प्रक्रिया पूरा गर्न जनसहभागिता कम हुँदा जग्गा दर्ता तथा पुर्जा वितरणमा ढिलाइ भएको थियो।

नापनक्सा भइसकेका जग्गाको बाँकी प्रक्रिया पूरा गरी हाल ३८५ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय