spot_img

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियर उपाधि ओम नेसनल एकेडेमीलाई

spot_img
spot_img

वीरगन्ज,२७ भदाै । प्याब्सन पर्सा र प्याब्सन वीरगन्जको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ।

फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ओम नेसनल एकेडेमीले १५० अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा एसआर ग्यालेक्सी एकेडेमीले १४० अंकसहित दोस्रो तथा गौतम माध्यमिक विद्यालयले ७५ अंकसहित तेस्रो स्थान प्राप्त गरे।

त्यस्तै, लिटल एन्जेल्स स्कुल ३५ अंकसहित चौथो र मास्कट एकेडेमी ३० अंकसहित सान्त्वना स्थानमा रहे।

जुनियरतर्फ प्रतियोगितामा कुल २९ विद्यालयको सहभागिता रहेको थियो। विभिन्न समूहमा सम्पन्न क्वालिफिकेसन राउन्डमा समूह विजेता बनेका पाँच विद्यालयले फाइनलमा प्रतिस्पर्धा गरेका थिए।

लिटल एन्जेल्स स्कुल, ज्योतिनगरमा आयोजित पुरस्कार वितरण समारोहमा विजेता तथा उपविजेता विद्यालयका विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। समारोह प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष इमामुद्दिन अहमद, सल्लाहकार लालबाबु पटेल, प्याब्सन पर्साका सल्लाहकार हरिश्याम ठाकुर, वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष वीरेन्द्र यादव, प्याब्सन वीरगन्जका नगर सदस्य विजय बललगायतको उपस्थिति थियो।

प्रतियोगिताको क्विज सञ्चालन प्याब्सन वीरगन्जका सचिव अमित आलोकले गरेका थिए। कार्यक्रममा लिटल एन्जेल्स स्कुलका प्रधानाध्यापक सन्नी पाख्रिन तथा प्याब्सन वीरगन्जका अध्यक्ष सुरज बाबु पटेललगायतको पनि सहभागिता रहेको थियो।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय