spot_img

भोटेकोशी बाढीपछि भारतले नेपाललाई दियो तीन बेलिब्रिज

spot_img
spot_img

वीरगन्ज,२८ भदाै । भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा र नुवाकोटका विभिन्न स्थानमा पुलमा क्षति पुगेपछि भारत सरकारले नेपाललाई तीन वटा बेलिब्रिज सहयोगस्वरूप हस्तान्तरण गरेको छ।

भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले शनिबार आयोजित कार्यक्रममा सडक डिभिजन कार्यालय हेटौँडाका प्रतिनिधि किरण कार्कीलाई बेलिब्रिजका सामग्री हस्तान्तरण गरेका हुन्।

भारतबाट ७०–७० मिटर लम्बाइका तीन वटा बेलिब्रिजका सामग्री ट्रकमार्फत सडक डिभिजन कार्यालय हेटौँडाको परिसरमा ल्याइएको थियो। सामग्री हस्तान्तरण गर्दै प्रथम सचिव सिंहले भोटेकोशी बाढीबाट भएको जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति भारत सरकार र भारतीय नागरिक दुःखी रहेको बताए।

भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीमा ३५ वटा पक्की पुल र १७ वटा झोलुंगे पुल बगेपछि विभिन्न सडकखण्डमा यातायात तथा स्थानीय आवागमन प्रभावित भएको थियो।

पुलहरूमा क्षति पुगेपछि तत्काल यातायात सञ्चालनमा ल्याउन नेपाल सरकारले भारत र चीनसँग बेलिब्रिज उपलब्ध गराउन अनुरोध गरेको थियो। सोही अनुरोधअनुसार भारतले तीन वटा बेलिब्रिज उपलब्ध गराएको हो।

सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार प्राप्त बेलिब्रिजका सामग्री तत्काल नुवाकोटतर्फ पठाउने तयारी भइरहेको छ। आवश्यक स्थानमा बेलिब्रिज जडान भएपछि बाढीका कारण पुल भत्किएर अवरुद्ध भएका सडकखण्डमा अस्थायी रूपमा यातायात सञ्चालन गर्न सहज हुनेछ।

बेलिब्रिज सञ्चालनमा आएपछि बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको आवतजावतसँगै खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री ढुवानीमा समेत सहजता आउने अपेक्षा गरिएको छ।

बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापना तथा प्रभावित क्षेत्रमा यातायात सेवा पुनः सञ्चालन गर्न नेपाल र छिमेकी मुलुकबीच भइरहेको समन्वयलाई महत्वपूर्ण मानिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय