spot_img

प्रधान सेनापति सिग्देल चीन प्रस्थान

spot_img
spot_img

काठमाडौं,२८ भदाै । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन्। चिनियाँ पक्षको औपचारिक निमन्त्रणामा उनी एक साताका लागि चीन गएका हुन्।

बेइजिङ प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए।

भ्रमणका क्रममा प्रधान सेनापति सिग्देल चीनमा आयोजना हुने चाइना फोरम कार्यक्रममा सहभागी हुनेछन्। साथै उनले चिनियाँ उच्च अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका अनुसार भ्रमणले नेपाल र चीनबीचको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै सैनिक कूटनीतिमार्फत नेपालको समग्र परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास सेनाले लिएको छ।

प्रधान सेनापति सिग्देल असोज ३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय