spot_img

भोटेकोशी बाढीमा १ हजार ३८४ शव फेला, ४ हजारभन्दा बढी अझै बेपत्ता

spot_img
spot_img

काठमाडौं,२८ भदाै । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ। बाढीपछि विभिन्न जिल्लामा तीव्र पारिएको खोजी तथा उद्धार अभियानका क्रममा उक्त संख्यामा शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै शव चितवनमा ३६४ वटा फेला परेका छन्। त्यसैगरी नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ वटा शव फेला परेका छन्।

यस्तै, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ वटा शव भेटिएको प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये १ हजार २३० वटाको पहिचान तथा आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिसकिएको छ।

पहिचान हुन नसकेका शवबाट डिएनए नमुना संकलन गरी सुरक्षित रूपमा राखिएको प्रहरीले जनाएको छ। हालसम्म मृतक तथा उनीहरूका आफन्तबाट गरी ३ हजार १३२ वटा डिएनए नमुना संकलन गरिएको छ।

प्रहरीका अनुसार पहिचान हुन बाँकी १ हजार ३३९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ, जसबाट आफन्तले आवश्यक जानकारी लिन सक्नेछन्। बाढीमा परी ४ हजार ८९ जना अझै बेपत्ता रहेको प्रहरीको तथ्यांक छ। बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ।

भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको भन्दै सुरक्षा निकायले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। बेपत्ता व्यक्तिको खोजी, शवको पहिचान र पीडित परिवारसँग सम्बन्धित प्रक्रिया अघि बढाउन डिएनए परीक्षणलाई समेत तीव्र पारिएको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय