spot_img

सरकारका प्रतिगामी कदम धेरै टिक्दैनन् : ओली

spot_img
spot_img

काठमाडौँ,२८ भदाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारका कदम प्रतिगामी र स्वतन्त्रताविरोधी भएको आरोप लगाउँदै यस्ता कदम लामो समय टिक्न नसक्ने बताएका छन्।

आइतबार एमाले पार्टी कार्यालयमा छापा माध्यमका पत्रकारहरूले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै अध्यक्ष ओलीले स्वतन्त्रताको लडाइँ अझै नसकिएको बताए। एमाले स्वतन्त्रताका लागि निरन्तर संघर्ष गर्दै आएको पार्टी भएकाले आगामी दिनमा पनि त्यसलाई जारी राख्ने उनको भनाइ छ।

‘हाम्रो पार्टी स्वतन्त्रताका निम्ति लड्दै आएको हो,’ ओलीले भने, ‘हाम्रो संघर्ष कहिलेकाहीँ धिमा गतिमा चलेको होला, एकछिन अधिनायकवादले रोकेको होला। अहिले फेरि रोक्ने कोसिस भइरहेको छ।’

उनले वर्तमान सरकारका प्रतिगामी, स्वतन्त्रताविरोधी र संकीर्णतावादी कदम लामो समय टिक्न नसक्ने दाबी गरे। राणा शासन र राजतन्त्रको उदाहरण दिँदै ओलीले जनताको स्वतन्त्रता रोक्ने कुनै पनि प्रयास अन्ततः असफल हुने बताए।

स्वतन्त्रताको पक्षमा संघर्ष जारी राख्नुपर्नेमा जोड दिँदै ओलीले एमालेले त्यस्ता प्रयासविरुद्ध आफ्नो भूमिका निरन्तर अघि बढाउने बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय