spot_img

प्रधानमन्त्री शाहद्वारा ‘तिनीहरू’लाई अस्कर र प्यासिफिक स्क्रिन अवार्डका लागि शुभकामना

spot_img
spot_img

काठमाडौं,२८ भदौ । प्रधानमन्त्री बालेन शाहले अस्कर अवार्डका लागि नेपालबाट सिफारिस तथा एसिया प्यासिफिक स्क्रिन अवार्डमा विभिन्न विधामा मनोनयन भएको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’लाई बधाइ तथा शुभकामना दिएका छन्।

प्रधानमन्त्री शाहले दुवै अवार्डसँग सम्बन्धित ग्राफिक्स सामाजिक सञ्जालमा सेयर गर्दै फिल्मलाई शुभकामना दिएका हुन्। उनले दर्शकलाई फिल्म हेर्न आग्रह गर्दै ‘तिनीहरू’ हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको उल्लेख गरेका छन्।

अविनाशविक्रम शाह निर्देशित फिल्म यसअघि फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलमा समेत पुरस्कृत भइसकेको छ। सरकारले पनि फिल्मलाई नगद पुरस्कारसहित सम्मान गरिसकेको छ।

‘तिनीहरू’ एसिया प्यासिफिक स्क्रिन अवार्डमा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेता विधामा मनोनयनमा परेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय