बीरगन्ज,२८ भदौ । आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटीले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली आइतबार सार्वजनिक गरेको हो।
घोषित टोलीमा वीरगन्जका सहोदर दाजुभाइ आसिफ शेख र आरिफ शेख पनि परेका छन्। दुवै जना नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन्।
टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीसँगै रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्।
एसियन गेम्सअन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ। १५ सदस्यीय टोलीमा वीरगन्जका दुई सहोदर दाजुभाइ समावेश भएपछि स्थानीय क्रिकेटप्रेमीमा समेत उत्साह बढेको छ।





