spot_img

सरकारले ममाथि ज्यादती गर्‍यो : दुर्गा प्रसाईं

spot_img
spot_img

काठमाडौं,२९ भदाै । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारले आफूमाथि ज्यादती गरेको आरोप लगाएका छन्।

एयरपोर्टमा पत्रकार सम्मेलन गर्न नदिइएको भन्दै प्रसाईंले सरकारप्रति असन्तुष्टि जनाएका हुन्। विमानस्थलमा पत्रकार सम्मेलन गर्न रोकिएपछि उनले आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै सरकारको कदमप्रति आपत्ति जनाए।

पत्रकार सम्मेलनमा प्रसाईंले जेनजी आन्दोलनका क्रममा संसद्, सिंहदरबारलगायतका सरकारी तथा सार्वजनिक संरचनामा भएको क्षतिसम्बन्धी विषयमा आफूहरूसँग महत्वपूर्ण भिडियो प्रमाण रहेको दाबी गरे। ती भिडियोहरू आफूले चाँडै सार्वजनिक गर्ने उनले बताए।

‘ममाथि यो सरकारले ज्यादती गरेको छ। यस विषयमा विज्ञहरूले बोल्नुपर्छ,’ प्रसाईंले भने।

उनले मुलुकमा सुशासनको अवस्था कमजोर रहेको र सरकारप्रति विश्वासको वातावरण बन्न नसकेको दाबी पनि गरे। सरकारप्रतिको अविश्वासका कारण लगानीकर्ताहरू नेपाल आउन इच्छुक नरहेको उनको भनाइ थियो।

प्रसाईंले मुलुक जोगाउन राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। देशको हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङप्रति व्यक्तिगत रूपमा आफ्नो कुनै रिस नरहेको प्रसाईंले स्पष्ट पारे। उनीहरूले राम्रो काम गरे आफूले विरोध नगर्ने पनि उनले बताए।

‘प्रधानमन्त्री र गृहमन्त्रीप्रति मेरो व्यक्तिगत रिस छैन। उहाँहरूले राम्रो काम गर्नुभयो भने म विरोध गर्दिनँ,’ प्रसाईंले भने।

प्रसाईंले सरकारका गतिविधि, जेनजी आन्दोलनका क्रममा भएका घटनालगायतका विषयमा आफूले थप तथ्य सार्वजनिक गर्ने संकेतसमेत गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय