spot_img

एसियन गेम्समा अफगानिस्तानमाथि नेपालको ५ विकेटको जित

spot_img
spot_img

वीरगंज, ९ असोज । एसियन गेम्स प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराएको हो ।

अफगानिस्ताले दिएको १०३ रनको लक्ष्य नेपालले १७ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सन्दीप जोराले ३४ रन बनाए भने रोहित पौडेल ३३ रनमा नटआउट रहे । यस्तै, दीपेन्द्र सिंह ऐरीले १५ रन जोडे ।

त्यसअघि जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन जोड्यो ।

उसका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले ३०–३० रन जोड्दा नान्गेलिया खान १७ रनमा अविजित रहे । यीबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए । समूह ‘ए’ मा रहेको नेपालसँगै अफगानिस्तान र जापान रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल भोली शनिबार जापानसँग खेल्दैछ । समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन् ।

पुरुष क्रिकेटमा १० टोली सहभागी छन् । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई सीधै क्वाटरफाइनलमा राखिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय