spot_img

हुंकार मधेशले सार्वजनिक गर्‍यो अवधारणा पत्र, यस्ता छन् मुख्य एजेन्डा (अभियन्ताको नामसहित)

spot_img
spot_img

वीरगंज, ९ असोज । हुंकार मधेशले आफ्नो अवधारणा पत्र तथा केन्द्रीय अभियन्ताहरूको सूची सार्वजनिक गरेको छ।

काठमाडौंमा आज घोषणा कार्यक्रमको आयोजना गर्दै संगठनले सनातन, संघीयता, सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख आधार बनाएको जनाएको छ।

अवधारणा पत्रमा संगठनभित्र नेतृत्वमा उमेर तथा कार्यकालको सीमा लागू गर्ने, अध्यक्षीय प्रणालीको सट्टा लोकतान्त्रिक तथा सामूहिक नेतृत्व स्थापित गर्ने र राजनीति तथा उद्यमलाई सँगसँगै अघि बढाउने प्रस्ताव गरिएको छ।

हुंकार मधेशले जातीय विभेद तथा छुवाछुत अन्त्य, सामूहिक पहिचानको प्रवर्द्धन, पूर्वीय दर्शन तथा सनातन संस्कृतिको संरक्षण र संविधानबाट प्राप्त अधिकार कार्यान्वयनमा जोड दिएको छ। संघीयतालाई थप अधिकारसम्पन्न बनाउने, अधुरा माग पूरा गर्न संविधान संशोधन गर्ने तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि अवधारणा पत्रमा उल्लेख छ।

त्यस्तै, संगठनले संघीय लोकतान्त्रिक हिन्दु गणराज्यको अवधारणा अघि सारेको छ भने समग्र थरुहट–मधेशलाई एक स्वायत्त प्रदेश बनाउने प्रस्तावसमेत गरेको छ।

आर्थिक एजेन्डातर्फ आगामी १० वर्षमा नेपालको कुल जीडीपी ५०० अर्ब अमेरिकी डलर पुर्‍याउने र प्रतिव्यक्ति आय उल्लेख्य रूपमा वृद्धि गर्ने लक्ष्य राखिएको छ।

Hunkar -Final Awardhanapatra new

अवधारणा पत्रमा चुरेलाई संरक्षित क्षेत्र घोषणा गरी प्राधिकरण गठन, किसानलाई प्रत्यक्ष सुविधा तथा अनुदान, नेपाल–भारत सीमावर्ती जनताको सहज आवतजावत र दैनिक उपभोग्य वस्तुमा करमुक्त व्यवस्था लगायतका विषय पनि समेटिएका छन्।

संगठनले राजनीति प्रतिको जनताको निराशा र वितृष्णालाई आशा र विश्वासमा बदल्ने उद्देश्यसहित नयाँ राजनीतिक आचरण विकास गर्ने संगठनका अभियन्ता केशव झाले जनाए ।
यसैबीच हुँकार मधेशले १ सय १८ सदस्यीय अभियन्ताहरुको नाम सार्वजनिक गरेको छ ।

Hunkar Madhesh Abhiyanta list

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय