बाँके, खजुरा — खजुरा–३, बाँके निवासी रमेश कुमार सिजाली नेपाली कांग्रेसको स्थानीय संगठन निर्माण र राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका कांग्रेस नेता हुन्। लामो समयदेखि पार्टीको संगठन, कार्यकर्ता परिचालन तथा स्थानीय राजनीतिक गतिविधिमा सक्रिय सिजाली पछिल्लो समय खजुरा गाउँपालिकामा नेपाली कांग्रेसको नेतृत्व गर्दै आएका छन्।
सिजालीको राजनीतिक यात्रा बि.स.२०४३ साल देखि नेपाल बिद्यार्थी संघ हुँदै राजनितिमा सकृय रुपमा रहि सुरुवातदेखि नै नेपाली कांग्रेसको विचार, संगठन र लोकतान्त्रिक आन्दोलनसँग जोडिँदै आएको पाइन्छ। विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै उनले पार्टीको स्थानीय संगठन विस्तार र कार्यकर्ताबीच समन्वयमा भूमिका निर्वाह गर्दै आएका छन्।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत २०७८ सालमा सम्पन्न खजुरा गाउँपालिका अधिवेशनमा सिजाली गाउँपालिका सभापतिमा निर्विरोध निर्वाचित भएका थिए। सो अधिवेशनमा सभापतिसहित खजुरा गाउँपालिका कार्यसमिति नै सर्वसम्मत चयन भएको थियो।
सभापतिको जिम्मेवारी सम्हालेपछि सिजालीले खजुरा क्षेत्रमा कांग्रेसको संगठनात्मक गतिविधिलाई निरन्तरता दिँदै स्थानीय जनसरोकारका विषयमा समेत पार्टीको तर्फबाट आवाज उठाउँदै आएका छन्। २०७८ मै खजुराका राजनीतिक दलहरूले स्थानीय घटनाका विषयमा संयुक्त रूपमा प्रशासनको ध्यानाकर्षण गराएका थिए !
त्यसैगरी २०७९ सालको स्थानीय तह निर्वाचनपछि पनि खजुरा गाउँपालिकासँग सम्बन्धित राजनीतिक तथा सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेस खजुरा गाउँपालिका सभापति रमेश सिजालीका रूपमा उनको सहभागिता देखिन्छ।
पछिल्ला वर्षहरूमा पनि सिजाली स्थानीय विकास, जनसरोकार र राजनीतिक विषयमा सक्रिय देखिएका छन्। २०८१ सालमा खजुरा गाउँपालिकाको विकास तथा गठबन्धनको घोषणापत्र कार्यान्वयनका विषयमा कांग्रेस–माओवादीका स्थानीय नेताहरूले गाउँपालिका नेतृत्वलाई ध्यानाकर्षण गराउँदा कांग्रेस खजुरा गाउँपालिका सभापतिको रूपमा सिजाली सहभागी थिए।
यसरी पार्टीको स्थानीय संगठनमा सक्रिय राजनीतिक यात्राबाट नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खजुरा गाउँपालिका सभापतिको जिम्मेवारी प्राप्त गर्दै रमेश कुमार सिजालीको राजनीतिक यात्रा खजुराको स्थानीय कांग्रेस राजनीतिमा निरन्तर सक्रियताको रूपमा देखिन्छ भने नेपाली कांग्रेस को १५अौ महाधिबेशनमा भने रमेश कुमार सिजाली प्रदेश सभा (ख)को प्रदेश सभापती पदमा , (क्षेत्र न.३ बाँके) उम्मेदवारि दिदै छन !





