spot_img

बसनपुरका २३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

spot_img
spot_img

बीरगंज,१४ असोज । पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

श्री चीन ग्रामीण विकास फाउन्डेसन र श्री न्यू लाइट फाउन्डेसनको सहयोग तथा नयाँ जनशक्ति युवा क्लब र लायन्स क्लब अफ पोखरियाको समन्वयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई स्कुल ब्याग, स्टेशनरीलगायत खेलकुद सामग्री हस्तान्तरण गरिएको हो।

वडा अध्यक्ष रामप्रवेश चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानी प्रमुख अतिथि थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै शमानीले विद्यार्थीको शिक्षा, स्वास्थ्य तथा खेलकुद विकासमा सहयोग गर्नु समाजको साझा दायित्व भएको बताए। उनले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयमा आवश्यक शैक्षिक सामग्री उपलब्ध भएपछि विद्यार्थीको अध्ययनमा थप सहजता पुग्ने सहभागीहरूले बताएका थिए।

कार्यक्रममा सशस्त्र प्रहरीका डीएसपी संजय रेग्मी, इलाका प्रहरी कार्यालयका प्रमुख भानुभक्त अर्याल, क्लबका अध्यक्ष रामबाबु चौहान, लायन्स क्लबका कृष्णा पटेल, शिक्षक, अभिभावक, स्थानीय अगुवा तथा दुवै संस्थाका पदाधिकारी र सदस्यहरूको सहभागिता थियो।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय