वीरगंज, १४ असोज । जापानमा सम्पन्न २०औँ एसियन गेम्समा कांस्य पदक जितेको नेपाली महिला कबड्डी टोली बुधबार स्वदेश फर्किएको छ।
थाइ एयरमार्फत टोली दिउँसो काठमाडौं आइपुगेको हो। दुई दिनअघि नै नेपाल फर्किने तालिका भए पनि थाइल्यान्डमा आएको बाढीका कारण उडान प्रभावित भएपछि टोली त्यहीँ रोकिएको थियो।
काठमाडौं आइपुगेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहतासहितको टोलीले विमानस्थलमा स्वागत गरेको थियो।
प्रतियोगितामा नेपालले थाइल्यान्ड र श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपालले कांस्य पदकमै चित्त बुझाएको हो।
नेपाली महिला कबड्डी टोलीले यसअघि १९औँ एसियन गेम्समा पनि कांस्य पदक जितेको थियो।





