spot_img

निजामती कर्मचारीका दुई सन्ततिलाई स्नातकसम्म शैक्षिक बीमाको प्रस्ताव

spot_img
spot_img

काठमाडौं,१५ असोज । प्रस्तावित संघीय निजामती सेवा ऐन, २०८३ ले निजामती कर्मचारीका सन्ततिको उच्च शिक्षा र कर्मचारीको आवास व्यवस्थाका लागि विभिन्न कल्याणकारी सुविधा प्रस्ताव गरेको छ।

विधेयकको दफा ४९ मा कर्मचारीका बढीमा दुई सन्ततिलाई स्नातक तहसम्म अध्ययनका लागि आवश्यक खर्च जुटाउन शैक्षिक बीमा योजना लागू गर्न सकिने व्यवस्था गरिएको छ।

ऐन प्रारम्भ भएपछि यस्तो योजना कार्यान्वयनमा ल्याउन सकिने र त्यसबाट कर्मचारीका दुई सन्ततिको स्नातक तहसम्मको अध्ययन खर्च व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। शैक्षिक बीमाले कर्मचारीमाथि सन्तानको उच्च शिक्षामा पर्ने आर्थिक भार कम गर्ने उद्देश्य राखेको छ।

त्यस्तै, कर्मचारीको आवास आवश्यकतालाई सम्बोधन गर्न विधेयकको दफा ५२ मा सस्तो ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ।

प्रस्तावित व्यवस्थाअनुसार नेपाल सरकारले निजामती कर्मचारीलाई जग्गा खरिद गर्न तथा आवास निर्माणका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन आवश्यक व्यवस्था गर्न सक्नेछ।

तर यस्तो आवास कर्जा कर्मचारीले आफ्नो सम्पूर्ण सेवा अवधिमा एकपटक मात्र लिन पाउने प्रावधान विधेयकमा राखिएको छ।प्रस्तावित यी व्यवस्थाले निजामती कर्मचारीको सामाजिक सुरक्षासँगै सन्ततिको शिक्षा र आवाससम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय