spot_img

‘फेक फ्याकल्टी र नक्कली बिरामी बनाएर निरीक्षण’ : नेशनल मेडिकल कलेजबारे संसद्मा रहबर अन्सारीको प्रश्न

spot_img
spot_img

वीरगंज, १६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले वीरगंजस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत पोष्टग्राजुयट (पीजी) विद्यार्थीको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै अन्सारीले पीजी विद्यार्थीहरू विगत १० दिनदेखि आन्दोलनमा रहेको र कलेज प्रशासनले उनीहरूलाई होस्टेल खाली गर्न लगाउनुका साथै आन्दोलन गर्न तथा कलेजको गेटबाट प्रवेश गर्न रोक लगाएको दाबी गरे।

विद्यार्थीहरूले कलेजमा भइरहेको भनिएको अनियमितताबारे आवाज उठाएपछि प्रशासनले उनीहरूमाथि रोक लगाएको अन्सारीको आरोप छ।

अन्सारीले कलेजमा करिब २५ जना ‘फेक फ्याकल्टी’ देखाएर पीजी सिट लिइएको र चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा सुरक्षागार्डलाई नक्कली बिरामी बनाएर इमर्जेन्सीमा राखिएको दाबीसमेत गरे।

उनले विगतदेखि नै यस्ता गतिविधि हुँदै आएको दाबी गर्दै सम्बन्धित निकायमाथि प्रभाव र दबाबका कारण कारबाही हुन नसकेको आरोप लगाए।

अन्सारीले आफूले उठाएको विषय कुनै एउटा संस्थाविरुद्धको आरोप नभई चिकित्सा शिक्षामा देखिएको भनिएको बेथिति अन्त्य गर्नुपर्ने विषय भएको बताए।

आन्दोलनरत विद्यार्थीमध्ये करिब आधा काठमाडौंमा रहेको उल्लेख गर्दै उनले विद्यार्थीका माग सम्बोधन गरी समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय