spot_img

जेनजी आन्दोलनको प्रतिवेदनले दोषी ठहर गरेकालाई तत्काल कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग

spot_img
spot_img

काठमाडौं,१६ असाेज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदनले दोषी ठहर गरेका व्यक्तिसहित भ्रष्टाचारमा संलग्न सबैलाई तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले अपराधजन्य घटनामा दोषी प्रमाणित भएका व्यक्तिहरूमाथि कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिए। दोषीलाई कारबाही गर्ने विषयमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने उनले स्पष्ट पारे।

शाहीले देशमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य भइरहेको उल्लेख गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारलाई आग्रह गरे। उनले उद्योग, कलकारखाना तथा स्वास्थ्य संस्थाको विकास र विस्तारमार्फत युवालाई देशभित्रै अवसर उपलब्ध गराउनुपर्ने बताए।

त्यसैगरी, उनले हालैको प्राकृतिक विपद्बाट प्रभावित बाढीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। बाढीपीडितलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गरी उनीहरूको शीघ्र पुनर्स्थापनाका लागि ठोस र प्रभावकारी कार्यक्रम ल्याउन उनले सरकारसँग माग गरे।

शाहीले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र विपद्बाट प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय