spot_img

कोइरालालाई १५७ मतले हराउँदै कांग्रेस रुपन्देही–२ को सभापतिमा गिरी

spot_img
spot_img

बुटवल,१६ असोज । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को सभापतिमा प्रजापाल गिरी प्यानलसहित निर्वाचित भएका छन् ।

पार्टीको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार भएको क्षेत्रीय अधिवेशनमा गिरीले ४८५ मत प्राप्त गर्दै प्रशन कोइरालालाई १५७ मतको अन्तरले पराजित गरेका हुन् । कोइरालाले ३२८ मत पाए ।

नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि गिरी र कोइरालाले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । शुक्रबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार गिरीको प्यानलले क्षेत्रीय कार्यसमितिका प्रमुख पदसहित अधिकांश पदमा जित हात पारेको छ ।

क्षेत्रीय सचिवमा गिरी प्यानलकी छाया पोखरेल ४५९ मतसहित निर्वाचित भइन् । उनका प्रतिस्पर्धी कोइराला प्यानलका चोलाप्रसाद पाठकले ३३१ मत पाए ।

खुला सहसचिवमा गिरी प्यानलका मोहन बस्याल ४२० मतसहित विजयी भए । उनका प्रतिस्पर्धी सागर पाठकले ३२० मत प्राप्त गरे ।
महिला सहसचिवमा गिरी प्यानलकी गीता अधिकारी ३८९ मतसहित निर्वाचित हुँदा कोइराला प्यानलकी शान्ता अर्याल क्षेत्रीले ३५८ मत पाइन् ।

क्षेत्रीय कार्यसमिति सदस्यका सबै पदमा गिरी प्यानलका उम्मेदवार निर्वाचित भएको जनाइएको छ । त्यस्तै, महाधिवेशन प्रतिनिधिमा पनि करिब ९५ प्रतिशत गिरी प्यानलका उम्मेदवार निर्वाचित भएको महाधिवेशन प्रतिनिधिमा निर्वाचित विमलराज भट्टराईले जानकारी दिए ।

क्षेत्रीय सभापतिमा पराजित कोइराला कांग्रेस नेता बालकृष्ण खाणनिकट मानिन्छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय