spot_img

आन्दोलनको तयारीबारे छलफल गर्न आजपाले बोलायो केन्द्रीय कमिटी बैठक

spot_img
spot_img

वीरगंज, १६ असोज । आम जनता पार्टी (आजपा)ले आन्दोलनको घोषणा तथा तयारीबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठक आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने आजपा प्रवक्ता सुभाष साहले जानकारी दिए।

बैठकमा सरकारको कामकारबाहीको समीक्षा गर्दै पार्टी अध्यक्ष प्रभु साहले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि छलफलसँगै समसामयिक राजनीतिक विषयमा आवश्यक निर्णय गरिने प्रवक्ता साहले बताए।

आजपाका अनुसार बैठकमा विदेशी प्रभावबाट देश जोगाउने, सैनिक हस्तक्षेपबाट लोकतन्त्रको रक्षा गर्ने तथा ‘फेक शासन’ अन्त्य गर्नेलगायत विषयमा छलफल हुनेछ।

त्यस्तै, मूल्यवृद्धि, कालोबजारी, करसम्बन्धी समस्या, मलखादको अभाव तथा बाढीपीडितको पुनर्स्थापना र पुनर्निर्माणका विषयमा पनि बैठकमा छलफल गरी आवश्यक निर्णय गरिने जनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय