spot_img

इंग्ल्यान्डका अलराउन्डर मोइन अली जनकपुर बोल्ट्समा अनुबन्धित

spot_img
spot_img

वीरगंज, १७ असोज । नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी संस्करणका लागि जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्वअन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई अनुबन्ध गरेको छ।

३८ वर्षीय मोइनले इंग्ल्यान्डका लागि ६८ टेस्ट, १३८ एकदिवसीय र ९२ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। उनले टेस्टमा ३ हजार ९४ रन र २०४ विकेट, एकदिवसीयमा २ हजार ३५५ रन र १११ विकेट तथा टी–२० अन्तर्राष्ट्रियमा १ हजार २२९ रन र ५१ विकेट लिएका छन्।

मोइनले टेस्टमा पाँच शतक र १५ अर्धशतक बनाएका छन्। उनको टेस्टमा सर्वाधिक स्कोर १५५ रन हो। त्यस्तै, एकदिवसीयमा १२८ र टी–२० अन्तर्राष्ट्रियमा ७२ रन उनको उच्च स्कोर हो।

उनले सन् २०१९ को एकदिवसीय विश्वकप र २०२२ को टी–२० विश्वकप जित्ने इंग्ल्यान्ड टोलीबाट खेलेका थिए।

इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र बंगलादेश प्रिमियर लिग (बीपीएल) लगायत फ्रेन्चाइज लिगको अनुभवसमेत बोकेका मोइनको आगमनले जनकपुर बोल्ट्सलाई थप अनुभवी र बलियो बनाउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय