वीरगंज, १७ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज अपराह्न काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा बस्दैछ।
पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनलगायत विषयमा छलफल हुनेछ।
सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख मनोनयनको विषय पनि एजेन्डामा रहेको छ।
त्यस्तै, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियान र मधेश प्रदेश संगठनको ‘अडिट’ प्रतिवेदनमाथि पनि छलफल हुने जनाइएको छ।
बैठकले स्थानीय तह निर्वाचनको तयारी तथा पार्टी संगठनसँग सम्बन्धित विषयमा आवश्यक निर्णय गर्ने बताइएको छ।





