spot_img

सर्लाही–४ को कांग्रेस क्षेत्रीय अधिवेशनबाट एकै परिवारका चार जना प्रतिनिधि चयन

spot_img
spot_img

काठमाडौं,१७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट एकै परिवारका चार जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। क्षेत्रीय अधिवेशनबाट उनीहरू सर्वसम्मत चयन भएको बताइएको छ।

पूर्वजिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहको परिवारबाट सुरेन्द्रप्रसाद सिंह, उनका भाइ वीरेन्द्रप्रसाद सिंह, श्रीमती बेबी सिंह र छोरा सुधीरकुमार सिंह महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।

वीरेन्द्र मधेश प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्यसमेत रहिसकेका छन्।

त्यस्तै, स्रोतका अनुसार सुरेन्द्रप्रसाद सिंहका नातेदार केदारनन्दन चौधरी र रविनन्दन चौधरीसमेत महाधिवेशन प्रतिनिधि चयन भएका छन्। सर्लाही–४ बाट प्रतिनिधि चयनको प्रक्रियालाई लिएर कांग्रेसभित्र असन्तुष्टि देखिएको भन्दै केही स्थानीय समाचार माध्यमले जनाएका छन्।

सुरेन्द्रप्रसाद सिंह यसअघि सर्लाही कांग्रेसको जिल्ला सभापति थिए। मनुष्मारा सिँचाइ प्रणालीको नहर किनारमा लगाइएका रुख कटानसम्बन्धी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले विशेष अदालतको फैसला आंशिक रूपमा सदर गर्दै उनलाई सरकारी क्षति असुल तथा कैद सजाय सुनाएको अभिलेखमा उल्लेख छ।

यसैबीच, सर्लाही–४ बाट कांग्रेस केन्द्रीय सदस्य मनिषकुमार मिश्र पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय