spot_img

स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

spot_img
spot_img

रौतहट,१७ असोज। रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँ १ लाख ८ हजार ५०० सहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार शुक्रबार साँझ करिब ७ः४५ बजे गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय अगाडि संयुक्त चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा भारतको शिवहर जिल्ला, रामपुर भटहा थाना निवासी २२ वर्षीय करण कुमार गिरी र ३५ वर्षीय लालबाबु राय रहेका छन्। करण मोहन गिरीका छोरा हुन् भने लालबाबु रामेश्वर रायका छोरा हुन्।

भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, गौरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको भारतीय रुपैयाँ १ लाख ८ हजार ५०० र एउटा मोबाइल फोन बरामद गरेको डीएसपी गौतमले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

बरामद भारतीय रुपैयाँको स्रोत र उनीहरू नेपाल प्रवेश गर्नुको उद्देश्यबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय