spot_img

एसियाली क्रिकेटमा भारतले जित्यो स्वर्ण पदक, फाइनलमा पाकिस्तान १९ रनले पराजित

spot_img
spot_img

वीरगंज, १७ असोज । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको फाइनलमा भारतले पाकिस्तानलाई १९ रनले पराजित गर्दै स्वर्ण पदक जितेको छ।

जापानको निसिनमा भएको खेलमा भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ६ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो।

भारतका लागि अभिषेक शर्माले ६१ र तिलक वर्माले ५१ रन बनाए। अभिषेकले २७ बलमा ७ छक्का प्रहार गर्दै आक्रामक सुरुवात दिलाएका थिए।

जवाफी ब्याटिङ गरेको पाकिस्तानका हसन नवाजले ५१ बलमा ९६ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जिताउन सकेनन्। अन्तिम बलमा आउट भएका नवाज शतक बनाउन ४ रनले चुके।

भारतका अक्षर पटेल, वासिङ्टन सुन्दर र शिवम दुबेले समान २–२ विकेट लिए। भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो।

बलिङतर्फ पाकिस्तानका लागि अहमद दनियाल र अराफत मिन्हासले समान दुई–दुई विकेट लिए भने अबरार अहमद र शायम अयुबले एक एक विकेट हात पारे ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय