spot_img

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक सहभागी हुँदै विद्यादेवी भण्डारी

spot_img
spot_img

काठमाडौं,२१ असाेज । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुने भएकी छन् । भोलि बस्ने स्थायी कमिटी बैठकमा भण्डारी पहिलोपटक सहभागी हुन लागेकी हुन् ।

एमाले सचिवालय बैठकले असोज ८ गते भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो । त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयको उक्त निर्णय अनुमोदन गरेको थियो ।

पार्टीको वरिष्ठ नेताको हैसियत प्राप्त गरेपछि भण्डारीले पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागिता जनाउन लागेकी हुन् । यससँगै उनी पार्टीको महत्वपूर्ण निर्णय प्रक्रियामा औपचारिक रूपमा सहभागी हुने भएकी छन् ।

एमाले कार्यालय स्रोतका अनुसार भोलिको स्थायी कमिटी बैठकका लागि भने अहिलेसम्म औपचारिक एजेन्डा तय भइसकेको छैन ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय