spot_img

पर्सामा जिल्ला बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

spot_img
spot_img

वीरगंज,२१ असाेज  । बालअधिकार संरक्षण तथा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले पर्सामा १५ सदस्यीय जिल्ला बालक्लब सञ्जाल गठन गरिएको छ ।

जिल्ला समन्वय समिति पर्साको सभाहलमा आयोजित भेलाबाट वीरगंज महानगरपालिकाकी करिश्मा गुप्ताको अध्यक्षतामा जिल्ला बालक्लब सञ्जाल गठन गरिएको हो ।

सञ्जालको उपाध्यक्षमा धोबिनी गाउँपालिकाकी समसुन खातुन, सचिवमा बहुदरमाई नगरपालिकाका सलमान हवारी र सहसचिवमा सखुवा प्रसौनी गाउँपालिकाका सुरज साह चयन भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी १५ सदस्यीय समिति गठन गरिएको जनाइएको छ ।

जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जनप्रसाद साह सोनारको प्रमुख आतिथ्य र जिल्ला समन्वय अधिकारी उमेशराज रिमालको विशिष्ट आतिथ्यमा भेला सम्पन्न भएको हो ।

कार्यक्रममा दिब्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी, वीरगंज महानगरपालिकाकी बालकल्याण अधिकारी सावित्री कुमारी भण्डारी, बाल हेल्पलाइन १०९८ का कृष्णप्रसाद यादव, दिब्य विकास स्रोत केन्द्रकी कार्यक्रम संयोजक रीना चौधरीलगायत विभिन्न स्थानीय तहका प्रतिनिधि तथा बालक्लबका प्रतिनिधिहरूको सहभागिता थियो ।

नवगठित सञ्जालले जिल्लाका बालबालिकासँग सम्बन्धित साझा समस्या तथा सवाललाई जिल्लास्तरमा उठान गर्नुका साथै बालअधिकार संरक्षण, बाल सहभागिता, बालमैत्री नीति तथा कार्यक्रम निर्माण, हिंसा र विभेद न्यूनीकरण तथा बालमैत्री वातावरण निर्माणमा पहल गर्ने अपेक्षा गरिएको छ ।

स्थानीय तहमा रहेका बालक्लब सञ्जालबीच समन्वय र सहकार्य बढाउँदै बालबालिकाको अर्थपूर्ण सहभागितालाई निर्णय प्रक्रियासम्म पुर्‍याउन जिल्ला सञ्जाल गठन महत्वपूर्ण कदम भएको सहभागीहरूले बताएका छन् ।

कार्यक्रमको सहजीकरण दिब्य विकास स्रोत केन्द्र, पर्साका कार्यक्रम अधिकृत संजय चौधरीले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय