spot_img

नेशनल मेडिकल कलेज प्रकरण : होस्टेल खाली गर्ने उर्दीप्रति सरकारले माग्यो माफी

spot_img
spot_img

वीरगंज, २२ असोज । वीरगंजस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई १२ घण्टाभित्र होस्टेल र क्वार्टर खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माफी मागेको छ।

बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आन्दोलनरत चिकित्सकहरूसँगको छलफलमा मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले राज्यको तर्फबाट माफी माग्दै कलेजको कदम अमानवीय र ‘इगो’ प्रेरित भएको बताए । २४ दिनदेखि आन्दोलनरत चिकित्सकहरूलाई सुरक्षित वातावरणमा फर्काउन मन्त्रालय गम्भीर रहेको उनको भनाइ थियो।

छलफलका क्रममा चिकित्सकहरूले कलेज प्रशासनको गम्भीर लापरवाही र मानसिक यातनाको खुलासा गरेका छन्। डा. अविश साहले प्राध्यापकको निगरानीमा हुँदा पनि तेस्रो वर्षसम्म कुनै अभ्यास गर्न नदिइएको र सोधपुछ गर्दा डराउनुपर्ने अवस्था रहेको बताए ।

त्यसैगरी अर्का चिकित्सक अजरुद्धिन अन्सारीले कलेज प्रशासनबाट ‘धेरै बोले छतबाट फालिदिने’ सम्मको धम्की आउने गरेको आरोप लगाए । चिकित्सकहरूले कलेजमा ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ रहेको दाबी गर्दै सूक्ष्म छानबिनको माग समेत गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय