spot_img

चाडपर्वमा हवाई भाडा बढाउनेमाथि सरकारको कडाइ

spot_img
spot_img

काठमाडौं,२२ असाेज । चाडपर्वको समयमा आन्तरिक हवाई भाडा अस्वाभाविक रूपमा बढेको गुनासो बढेपछि सरकारले वायुसेवा कम्पनीहरूमाथि कडाइ गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको सक्रियतामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वायुसेवा सञ्चालकहरूसँग आपतकालीन छलफल गरेको हो।

छलफलमा वायुसेवा कम्पनीहरूले सरकारले स्वीकृत गरेको अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने सहमति भएको क्यानले जनाएको छ। चाडपर्वमा यात्रुको चाप बढेको भन्दै अत्यधिक भाडा असुल्ने प्रवृत्ति रोक्न सरकारले हस्तक्षेप गरेको हो।

क्यानले सबै आन्तरिक वायुसेवा कम्पनीलाई आफ्ना आधिकारिक वेबसाइट तथा मोबाइल एपमार्फत उपलब्ध सस्तो भाडादर पारदर्शी रूपमा सार्वजनिक गर्नसमेत निर्देशन दिएको छ।
चाडपर्वको समयमा घर फर्किने यात्रुबाट अस्वाभाविक भाडा असुल्ने प्रवृत्ति नियन्त्रण गर्दै सर्वसाधारणलाई सहज र सुलभ हवाई यात्रा उपलब्ध गराउने उद्देश्यले अनुगमन तथा नियमनलाई प्रभावकारी बनाइने सरकारको भनाइ छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय