spot_img

मधेस प्रहरीले आयोजना गर्दैछ टिकटक भिडियो प्रतियोगिता, उत्कृष्टलाई सम्मान

spot_img
spot_img

वीरगंज,२२ असाेज । ६९औँ प्रहरी दिवसको अवसरमा मधेस प्रदेश प्रहरीले सन्देशमूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रहरीले लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना, सामाजिक सञ्जालको सदुपयोग, सभ्य नागरिकको भूमिका, घरेलु हिंसा अन्त्य तथा परिवारमा मेलमिलाप कायम गर्ने विषयलाई समेटेर भिडियो बनाउन आह्वान गरेको हो।
पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुकले ३० सेकेन्डदेखि बढीमा एक मिनेटसम्मको सन्देशमूलक टिकटक भिडियो तयार गरी पठाउनुपर्नेछ। भिडियोमा प्रतियोगिताका लागि तोकिएका विषय स्पष्ट रूपमा समेटिएको हुनुपर्नेछ।

प्रतियोगितामा सहभागी हुन तयार गरिएको भिडियो असोज २७ गते राति १२ बजेसम्म मधेस प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको ह्वाट्सएप नम्बरमा पठाउनुपर्नेछ। प्रहरीले भिडियो पठाउन ९७०५४६४१०० र ९८५१२९५७८६ नम्बर उपलब्ध गराएको छ।

तोकिएको समयपछि प्राप्त हुने भिडियो प्रतियोगितामा समावेश नगरिने प्रहरीले जनाएको छ। सहभागीले पठाएको भिडियो प्रहरीलाई प्रतियोगिता तथा जनचेतनामूलक प्रयोजनमा प्रयोग गर्न मिल्ने गरी तयार गर्नुपर्नेछ।

मधेस प्रहरीले प्रतियोगितामार्फत लागुऔषध दुर्व्यसन, सामाजिक सञ्जालको दुरुपयोग र घरेलु हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिने प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय