spot_img

राष्ट्रपतिसमक्ष पुग्यो तीन अध्यादेश, विपद्‌मा हराएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने

spot_img
spot_img

वीरगंज, २२ असोज । सरकारले सिफारिस गरेका तीन वटा अध्यादेश बिहीबार साँझ राष्ट्रपति कार्यालय पुगेका छन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले भूमिसम्बन्धी, वनसम्बन्धी र विपद्‌सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भोटेकोशी बाढी लगायतका प्राकृतिक विपद्लाई मध्यनजर गर्दै विपद्‌सम्बन्धी ऐन संशोधन गर्न लागिएको हो। नयाँ व्यवस्था अनुसार विपद्का बेला बेपत्ता भएका व्यक्तिलाई हालको १२ वर्षको साटो ४५ दिनमै मृतक घोषणा गर्न सकिने प्रावधान राखिएको छ।

त्यसैगरी, भूमिसम्बन्धी अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषय समावेश छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले साँझ ५ बजे अध्यादेश प्राप्त भएको र राष्ट्रपतिसमक्ष पेस गर्न बाँकी रहेको जानकारी दिए । राष्ट्रपतिबाट जारी भएपछि यी अध्यादेश कार्यान्वयनमा आउनेछन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय