spot_img

हिमालयन रि-इन्स्योरेन्स कोष अपचलनमा दीपक भट्ट र शेखर गोल्छासहित २० जना विरुद्ध मुद्दा दर्ता

spot_img
spot_img

वीरगंज, २२ असोज । हिमालयन रि(इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा २० व्यक्ति तथा संस्थाविरुद्ध मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले दायर गरेको अभियोगपत्रमा प्रतिवादीहरूबाट कुल २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो कायम गरी सोही बराबरको रकम असुल, दोब्बर जरिवाना, कैद सजाय र सम्पत्ति जफतको मागदाबी गरिएको छ।

मुद्दा दर्ता हुनेहरूमा व्यवसायी दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल, तत्कालीन सीईओ उपासना पौडेल, चन्द्रशेखरन रामामूर्ति तथा सञ्चालक समितिका सदस्यहरू रहेका छन्।

यसरी भएको थियो फर्जी कारोबार र कोष अपचलन

अनुसन्धानका अनुसार व्यवसायी दीपक भट्टले आफ्नी सासू अन्जना नेपालको नाममा ‘एलियन्ट इन्स्योरेन्स ब्रोकर्स’ नामक नक्कली कम्पनी खडा गरी हिमालयन रिले नेपालका २० वटा जीवन बीमा कम्पनीहरूको पुनर्बीमा व्यवसाय एलियन्टमार्फत ल्याएको भन्दै २८ करोड रुपैयाँ पेस्की दिएका थिए।

ती जीवन बीमा कम्पनीहरूले एलियन्टसँग कुनै सम्झौता वा कारोबार नभएको बयान दिएपछि २३ करोड ९२ लाख रुपैयाँभन्दा बढीको खर्च पूरै फर्जी खडा गरिएको पुष्टि भएको हो।

उक्त रकम ८ चरण पार गराउँदै लाभांश र अन्तर(खाता ट्रान्सफरमार्फत दीपक भट्टकी पत्नी आयुष्मा नेपाल भट्ट हुँदै दीपक भट्टको खातामा पुर्‍याइएको र बैंक ऋण भुक्तानी गरी वित्तीय प्रणालीमा वैध बनाउन खोजिएको अभियोगपत्रमा उल्लेख छ।

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालमाथि कानुनविपरीत उक्त नक्कली कम्पनीलाई ब्रोकरको इजाजत दिएको आरोपमा २ करोड ४० लाख बिगो कायम गरी मुद्दा चलाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय