spot_img

पर्सामा भन्सार छलीका १५ लाखभन्दा बढीका सामान बरामद

spot_img
spot_img

वीरगंज,२३ असाेज । सशस्त्र प्रहरी बल पर्साले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका १५ लाख २८ हजार ४२० रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिरनजिकको सीमा क्षेत्रबाट ९ लाख २२ हजार ५०० रुपैयाँ बराबरको औषधि बरामद गरेको हो। भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त औषधि नियन्त्रणमा लिइएको थियो।

त्यस्तै, सोही गणबाट खटिएको अर्को टोलीले वीरगंज–१६ बाट मोटरसाइकलसहित ३ लाख २ हजार ९६० रुपैयाँ बराबरको तरकारी बरामद गरेको छ।

यसैगरी, गणअन्तर्गत सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज–१६ को इनर्वा सीमा क्षेत्रबाट १ लाख ७७ हजार ८६० रुपैयाँ बराबरका कपडा तथा जुत्ता बरामद गरेको छ।

त्यस्तै, पर्साको जगरनाथपुर गाउँपालिका–२ स्थित लक्ष्मीपुर चोकबाट सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले १ लाख २५ हजार १०० रुपैयाँ बराबरका सामानसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नम्बर १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीका अनुसार बरामद सबै सामान आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय