spot_img

बैंक तथा वित्तीय संस्थाले शाखा गाभ्दा कर्मचारी हटाउन नपाउने

spot_img
spot_img

वीरगंज, २३ असोज । बैंक तथा वित्तीय संस्थाहरूले शाखा समायोजन तथा एकीकरण गर्दा कार्यरत कर्मचारीहरूलाई सेवाबाट हटाउन नपाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै शाखा गाभिएका वा समायोजन भएका कारण सम्बन्धित शाखामा कार्यरत कर्मचारीलाई सेवाबाट हटाउन नपाइने व्यवस्था गरेको हो।

नयाँ व्यवस्था अनुसार शाखा समायोजन वा एकीकरण भएपछि त्यहाँका कर्मचारीहरूलाई नजिकको शाखा वा प्राथमिकता र सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्नेछ।

यसैगरी, बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन गर्नुपूर्व कम्तीमा ९० दिनअगावै राष्ट्रिय स्तरको दैनिक पत्रिका, संस्थाको वेबसाइट र सम्बन्धित शाखाको सूचनापाटीमा सूचना प्रकाशित गर्नुपर्नेछ।

शाखा समायोजन हुने अवस्थामा ग्राहकले कर्जा चुक्ता गर्न वा सेवा बन्द गर्न चाहेमा बैंकहरूले कुनै पनि प्रकारको शुल्क लिन पाउने छैनन्।

शाखा गाभ्दा सम्बन्धित क्षेत्रको वित्तीय पहुँचमा प्रतिकूल असर नपर्ने सुनिश्चितता गर्नुपर्ने र समायोजन भएको ३ कार्यदिनभित्र राष्ट्र बैंकको रिपोर्टिङ पोर्टलमा विवरण अद्यावधिक गरी तोकिए बमोजिम विवरण पेस गर्नुपर्ने निर्देशनमा उल्लेख छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय