spot_img

सडक भासिँदा नागढुङ्गा–मुग्लिन सडक खण्ड पूर्ण रूपमा ठप्प

spot_img
spot_img

वीरगंज, २३ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा सडकको ठूलो भाग भासिएर त्रिशूली नदीतर्फ खसेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काका अनुसार मङ्गलबार दिउँसो सडक भासिएर खसेकाले सुरक्षाका दृष्टिले राजमार्गमा गाडी चलाउन रोक लगाइएको हो। सडक खस्ने क्रम निरन्तर जारी रहेकाले हाल मोटरसाइकलसमेत आवतजावत गर्न नसक्ने स्थिति रहेको छ।

गजुरीको गलौँदी क्षेत्रमा सडकको अवस्था विगतको कृष्णभीरजस्तै जोखिमपूर्ण बनेको र मुख्य सडक क्षेत्र नै पूर्ण रूपमा भासिएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएसँगै काठमाडौँ भित्रिने र बाहिरिने हजारौँ सवारी साधनहरू बाटोमै रोकिएका छन्।

घटना लगत्तै प्रहरी टोली घटनास्थलमा खटिएको छ। सडक विभाग र स्थानीय प्रशासनसँग समन्वय गरी मर्मत गर्ने वा वैकल्पिक डाइभर्सन बनाउनेबारे छलफल भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय