वीरगंज, २३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय दोस्रो पटक थप गरी साँझ ७ बजेसम्म कायम गरिएको छ।
यसअघि बिहानदेखि सुरु भएको मतदानको समय दिउँसो ३ बजेसम्म तय गरिएकामा मतदाताको बाक्लो उपस्थितिका कारण पहिले ५ बजे र पछि पुनः बढाएर साँझ ७ बजेसम्म पुर्याइएको हो।
नेपाली कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदान सम्पन्न भएलगत्तै आजै राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना सुरु गरिने तयारी छ। अन्य पदको मतगणना भने पछि गरिनेछ।
यस महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गी चुनावी मैदानमा प्रतिस्पर्धामा छन् ।




