spot_img

पशुपतिनाथमा टिकटक बनाउने जोडीको दशैँ प्रहरी हिरासतमै बित्ने सम्भावना

spot_img
spot_img

वीरगंज, २३ असोज । नियमविपरीत पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी टिकटक बनाएको आरोपमा पक्राउ परेका इटहरीका आसिम अन्सारी र प्रियंका परियारको दशैँ प्रहरी हिरासतमै बित्ने सम्भावना बढेको छ।

पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा इटहरीबाट पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिताको दफा १५६ अनुसार धार्मिक आस्थामा आघात पुर्‍याएको कसुरमा अनुसन्धान भइरहेको छ। अदालतबाट पहिलो पटक थपिएको ७ दिनको म्याद आइतबार सकिँदै छ।

घटस्थापनादेखि १५ दिन अदालत बिदा हुने भएकाले थुनछेक बहस हुन नसकी उनीहरू धरौटीमा छुट्न पाउने सम्भावना क्षीण बनेको छ। यद्यपि, सरकारी वकिलको कार्यालयले हाजिरजमानीमा छाड्ने निर्णय गरेमा भने उनीहरू रिहा हुन सक्नेछन्।

प्रहरी अनुसन्धानका अनुसार मनोरञ्जनका लागि मात्र टिकटक बनाइएको र उनीहरूमा कुनै धार्मिक विद्वेष वा षड्यन्त्रको नियत नदेखिएको पाइएको छ। कानुनी अज्ञानताका कारण घटना भएको र उनीहरूले पश्चात्ताप गरिरहेको प्रहरीले जनाएको छ। यो कसुरमा २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय