spot_img

सरकार संविधान र कानुनको बाटोबाट विचलित भयो : शंकर पोखरेल

spot_img
spot_img

काठमाडौं,२४ असाेज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

एमाले बागमती प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले पर्याप्त तथ्य र प्रमाणबिना पक्राउ गर्ने तथा सुरक्षाका नाममा नियन्त्रणमा लिइएका व्यक्तिसँगको भेटका आधारमा सुरक्षाकर्मीलाई पदमुक्त गर्ने जस्ता गतिविधिले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको बताए ।

सरकार संविधान र कानुनअनुसार चल्नुपर्नेमा जोड दिँदै उनले पछिल्ला गतिविधिले स्वेच्छाचारी शासनको संकेत गरेको टिप्पणी गरे ।

‘लामो लोकतान्त्रिक संघर्षबाट गुज्रिएको मुलुकलाई फेरि स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ जानबाट रोक्नुपर्ने जिम्मेवारी एमालेसहित अन्य राजनीतिक दलहरूको हो,’ पोखरेलको भनाइ थियो ।

उनले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई असुरक्षित र असंस्कृत बनाउने गरी सरकार अघि बढे त्यसले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अस्मितामा असर पार्न सक्ने चेतावनीसमेत दिए ।

महासचिव पोखरेलले एमालेलाई जनतासँग थप नजिक बनाउन विगतमा भएका कमजोरीहरू सच्याउँदै अघि बढ्नुपर्नेमा पनि जोड दिए । पार्टीले आफ्ना कमजोरीको समीक्षा गरी जनताका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय