spot_img

यस्ता छन् एमाले स्थायी कमिटी बैठकका निर्णय

spot_img
spot_img

वीरगंज, २४ असोज । नेकपा एमालेको तीन दिनसम्म चलेको पहिलो स्थायी कमिटी बैठक विभिन्न सात वटा निर्णय गर्दै शनिबार सम्पन्न भएको छ।

बिहीबारबाट सुरु भएको यस बैठकको पहिलो दिन वरिष्ठ नेतामा मनोनीत भएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन् ।
बैठकले सांगठनिक सुदृढीकरण र अधिवेशनसहितका विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

वडा र पालिका अधिवेशन : पार्टीका वडास्तरका कमिटीहरूको अधिवेशन आगामी मङ्सिर २६ गते र नगर तथा गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुस ४ गते सम्पन्न गर्ने निर्णय गरिएको छ।

राष्ट्रिय तथा प्रदेश भेला : आगामी मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गरिनेछ, जिसमें प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, पालिका अध्यक्ष, उपाध्यक्ष तथा सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहनेछ। साथै, पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गरिनेछ।

रिक्त स्थानमा मनोनयन : मधेश प्रदेश सभामा पार्टीका सभासद जैनब खातुनको निधन भएका कारण समानुपातिकतर्फको रिक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय भएको छ।

जिल्ला नेतृत्व व्यवस्थापन : अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रूपान्तरण गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउनुपर्ने निर्णय गरिएको छ।

केन्द्रीय सदस्य मनोनयन : बैठकले सिर्जना राई (भोजपुर) सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही)लाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय