spot_img

सरकारका सकारात्मक प्रयासमा सबैले सहकार्य गर्नुपर्छ : कुलमान घिसिङ

spot_img
spot_img

काठमाडाैं,२४ असाेज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारलाई सकारात्मक समन्वय र सहकार्यका साथ काम गर्ने अवसर दिनुपर्ने बताएका छन् ।

शनिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र बन्द अवस्थामा रहेका स्वदेशी उद्योग सञ्चालनमा ल्याउने विषयमा गरिरहेका प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका हुन् ।

सरकारका प्रयास सकारात्मक भए पनि सबै काम कानुनसम्मत हुनुपर्नेमा उनले जोड दिए । सरकारले जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधान गर्न पनि प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ ।

घिसिङले महँगी नियन्त्रण, कृषि क्षेत्रमा मल तथा बीउको सहज उपलब्धता र करसम्बन्धी निर्णयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । विद्युत्, शिक्षा, स्वास्थ्य र राइड सेयरिङलगायतका क्षेत्रमा थप कर लगाउने विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राख्दै उनले जनतालाई प्रत्यक्ष असर पार्ने निर्णय गर्दा सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे ।

कानुन निर्माण गर्दा जनताको हित र देशका विभिन्न क्षेत्रमा सुधार गर्ने उद्देश्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । कानुन बनाउनु मात्रै पर्याप्त नहुने भन्दै उनले त्यसको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिए ।

विगतमा जनतामा देखिएको निराशा अन्त्य भएर नयाँ आशा जाग्ने अपेक्षा अझै पूरा हुन नसकेको उल्लेख गर्दै घिसिङले सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताए ।

यसैबीच, अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीको संगठन तथा सदस्यता विस्तार अभियान देशभर तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए । पार्टीको संरचनागत सुधारसँगै संगठन विस्तारलाई प्राथमिकता दिइएको उनले बताए ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय