spot_img

दिल्लीमा ममता बनर्जी र अरविन्द केजरीवालसहितका शीर्ष नेता प्रहरी नियन्त्रणमा

spot_img
spot_img

वीरगंज, २४ असोज । भारतको नयाँ दिल्लीस्थित मुख्यमन्त्री आवासबाहिर धर्नामा बसेकी पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेस (टीएमसी) प्रमुख ममता बनर्जी र आम आदमी पार्टी (आप)का राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।

टीएमसीका प्रवक्ता साकेत गोखलेका अनुसार ममता बनर्जीसहित पाँच जना नेताहरूलाई दिल्ली प्रहरी र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ)ले नियन्त्रणमा लिएर अज्ञात स्थानतर्फ लगेको छ। बनर्जीले आफूहरू जन्तरमन्तर जान खोज्दा प्रहरीले रोकेको र भारतको वर्तमान अवस्था संकटकालभन्दा पनि खराब भएको टिप्पणी गरेकी छन् ।

यसैगरी, आफ्ना पार्टीका नेताहरूसँगै जन्तरमन्तरतर्फ मार्च गरिरहेका बेला आप नेता अरविन्द केजरीवाल र राज्यसभा सांसद सञ्जय सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। आप नेता सौरभ भारद्वाजले प्रहरीले केजरीवालमाथि धकेलाधकेल गरेको आरोप लगाएका छन् ।

नियन्त्रणमा परेका केजरीवालले एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा तानाशाही भइरहेको आरोप लगाएका छन् । चुनाव आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै उनले कथित ‘मत चोरी’ अब जनताले नसहने र युवाहरू जागिसकेको बताएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय