spot_img

चिनी उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यसहित भारतबाट ल्याइयो उखुका चार उन्नत जात

spot_img
spot_img

वीरगंज, २६ असोज । नेपालमा उखुको उत्पादकत्व वृद्धि गर्दै चिनी उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले भारतबाट उखुका चारवटा उन्नत जात ल्याइएको छ।

सोमबार काठमाडौँस्थित भारतीय दूतावासकी प्रथम सचिव निशाले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई ती उन्नत जातका उखुका बिउ औपचारिक रूपमा हस्तान्तरण गरिन् ।

नार्कअन्तर्गत बाराको जितपुरमा रहेको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम र भारतीय कृषि अनुसन्धान परिषद्अन्तर्गतको भारतीय उखु अनुसन्धान संस्थान, लखनउको सहकार्यमा यी जात नेपाल ल्याइएका हुन्। हाल नेपालमा उखुको औसत उत्पादकत्व ५० टन प्रतिहेक्टर मात्र रहेकाले वार्षिक खपतको करिब ३० प्रतिशत चिनी भारतलगायत अन्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ।

भित्र्याइएका नयाँ जातहरूमा ‘सिओएलके १६२०२’, ‘सिओएलके १६४७०’, ‘सिओएस १७२३१’ र ‘सिओएस १८२३१’ रहेका छन्। यी जातहरूमा प्रतिहेक्टर ८२ देखि ९३ टनसम्म उत्पादन क्षमता हुनुका साथै चिनीको मात्रा (सुक्रोज १७.४ देखि १८ प्रतिशतसम्म रहेको छ। अघौटे र मध्यम÷ढिलो अवधिमा परिपक्व हुने यी सबै जात उखुमा लाग्ने भयानक ‘रातो सडन’ (रेड रट) रोग प्रतिरोधी समेत मानिएका छन्।

नेपालको प्राकृतिक वातावरणमा उखुको प्रजनन सम्भव नभएकाले नार्कको अनुरोधमा यी बिउ उपलब्ध गराइएको हो। राष्ट्रिय उखु अनुसन्धान कार्यक्रमले अब दुई वर्षसम्म यी जातको बिउ उत्पादन तथा तुलनात्मक अध्ययन गर्नेछ। परीक्षण सफल भएपछि औपचारिक दर्ता गरी चिनी मिलहरूसँगको सहकार्यमा किसानको खेतसम्म बिउ पुर्‍याइने नार्कले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय