नेपालगञ्ज । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत शेरबहादुर देउवा पक्षले तय गरेको महाधिवेशन कार्यतालिकाअनुसार बाँकेको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत डुडुवा गाउँपालिकाका छवटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनबाट वडा नम्बर १ मा बिकाउलाल तमोलि, वडा नम्बर २ मा पटेस्वरि वर्मा, वडा नम्बर ३ मा लल्लन यादव, वडा नम्बर ४ मा शम्सुल हक बागवान, वडा नम्बर ५ मा तीरथराम अहिर र वडा नम्बर ६ मा देवनदीन कुर्मी बूथ सभापतिमा चयन भएका छन्।
नेपाली कांग्रेसभित्र महाधिवेशनलाई लिएर फरक धार र समूहबीच राजनीतिक गतिविधि तीव्र भइरहेका बेला देउवा पक्षको कार्यतालिकाअनुसार डुडुवामा अधिवेशन सम्पन्न भएको हो। स्थानीय तहमा संगठनलाई थप व्यवस्थित बनाउँदै महाधिवेशन प्रक्रियालाई अघि बढाउने उद्देश्यसहित वडा तहमा नेतृत्व चयन गरिएको बताइएको छ।
डुडुवाका छवटै वडामा अधिवेशन सम्पन्न भएसँगै क्षेत्र नम्बर २ मा कांग्रेसको संगठनात्मक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।




