वीरगंज, २६ असोज । आम सर्वसाधारण नागरिकले बजेटका आय/व्यय र नीतिहरू सजिलै बुझ्न सकून् भन्ने उद्देश्यले अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको वार्षिक बजेटलाई सरल भाषामा ‘नागरिक बजेट’ पुस्तिकामार्फत सार्वजनिक गरेको छ।
‘नागरिक बजेट’ भनेको सरकारको जटिल र प्राविधिक बजेट दस्तावेजलाई सर्वसाधारणले बुझ्ने गरी प्राथमिकता, करका दर, विकासका लक्ष्य र खर्चको विवरण सरल नेपाली भाषामा तयार पारिएको संक्षिप्त विवरण हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पारदर्शिता, सुशासन र जवाफदेहिता सुनिश्चित गर्दै यो पुस्तिका प्रस्तुत गरेका हुन् । नागरिक बजेट पुस्तिका अनुसार कुल बजेटमध्ये नियमित सञ्चालन र सेवा प्रवाहका लागि चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, विकास निर्माण र पूर्वाधारका लागि पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब ११ करोड र ऋणको साँवा÷ब्याज भुक्तानी तथा सेयर लगानीका लागि वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६५ करोड रुपैयाँ छुट्याइएको छ।
बजेटको स्रोत व्यवस्थापनतर्फ कुल १४ खर्ब ५ अर्ब ३२ करोड रुपैयाँ राजस्वबाट संकलन गर्ने लक्ष्य राखिएको छ। बाँकी अपुग रकम जुटाउन आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड र वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ व्यहोर्ने योजना बनाइएको छ।
सरकारका आर्थिक गतिविधि र बजेट विनियोजन नागरिक तहसम्म पारदर्शी रूपमा पुर्याउन यो प्रयास गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
Citizens-Budget-2083-84-Updated-Final-for-web-page-10-10-26_d1zpxvi




