वीरगंज,२६ असोज । सामाजिक सञ्जाल टिकटकमा शान्ति सुरक्षामा खलल पुग्ने प्रकृतिको भिडियो पोस्ट गरेको आरोपमा बारामा एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार नियन्त्रणमा लिइएका बालक कलैया निवासी करिब १५ वर्षका हुन् ।
प्रहरी टोलीले उनलाई सोमबार दिउँसो करिब २ः३० बजे नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




